काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो ।
काठमाडौंको बालुवाटारस्थित डा। कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, सविधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।
यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमासहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बैठक बस्न लागेको कोइराला पक्षका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया