डलरकाे मुल्य हालसम्मकै उच्च, एक डलरकाे नेपाली मुल्य कत्ति ?



काठमाडौं । अमेरिकी डलरको विनिमयद दर (मूल्य) ले पुनः नयाँ रेकर्ड बनााएको छ । २३ असोज बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३२ रुपैयाँ २ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

२१ असोज शुक्रबार एक अमेरिकी डरलको विनिमय दर (बिक्री दर) १३१ रुपैयाँ ३२ पैसा र खरिद दर १३० रुपैयाँ ७२ पैसा रहेको थियो ।

अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ ।

९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।

फेडल ब्याजदर बढाउँदा विशेष गरेर भारतमा रहेको अमेरीकी लगानी फिर्ता जाँदा भारु कमजोर बन्न पुगेको र जसले गर्दा नेपाली मुद्रा पनि कमजोर बनेको हो । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रुस–युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको जानकारहरु बताउँछन् । डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थविद्‍हरुको विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने पर्नेसक्ने जानकारहरु बताउँछन् । डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम पनि हुने अर्थविद्‍हरुको तर्क छ ।

यता रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार