सिलिचोङको बुधबारे हुँदै मेरापिक पुग्ने पदमार्ग सञ्चालन गर्छौं : खड्का



खाँदबारी । संखुवासभाबाट प्रतिनिधि सभाका लागि बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उमेद्वार दिपक खड्काले सिलिचोङ गाउँपालिका हुँदै मेरा पिक जाने पदमार्ग सञ्चालन गर्ने बताएका छन् । केहि दिन अघि सिलिचोङ पुगेर फर्किएका कार्कीले खाँदबारी स्थीत पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

सिलिचोङ अत्यन्तै सम्भावना बोकेको पालिका भए पनि राज्यको प्राथमिकतामा नपरेको बताए । बार्षिक हजारौं पर्यटक मेरापिक चढ्न आउने सोलुखुम्बु पदमार्गको विकल्पको रुपमा विकास गरिने खड्काले बताए । द्वन्द्वकाल भन्दा अगाडी पनि यो रुट भएर छिटपुट पर्यटक आउने गरेको उनले स्मरण गरे । जहाजबाट तुम्लिङटार ओर्लेर हेलुवाबेँशी हुँदै सिसुवाटार हुँदै सोलुखुम्बुको महाकुलुङ निस्कन सकिने खड्काले दावी गरे । यस क्षेत्रलाई पर्यटन ट्रान्जिट बनाउन पाए यस क्षेत्रमा आर्थिक उन्नती हुने खड्काको दावी छ ।

सिलचोङको विकासका लागि हेलुवाबेँशीमा पुल अत्यावश्यक रहेको बताउदै आफु निर्वाचित भएपछि आफ्नो कार्यकालमा पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । यसका साथै संखुवा र सिसुवाखोलामा समेत पुल अत्यावश्यक रहेकोले आफ्नो कार्यकालमा उक्त पुलहरु निर्माण गरिने बताए । सिलिचोङको भुगोलको बारेमा आफु जानकार रहेको बताउँदै खड्काले सडकको स्तर उन्नती र पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको खड्काले बताए ।

सिलिचोङवासीको अर्को समृद्धिको आधार जलविद्युत रहेको खड्काले बताए । यहाँका सिसुवाखोला, संखुवाखोला, अप्सुवा लगायतको खोला नालाहरुबाट सयौं मेगावाट विद्युत उत्पादन गर्न सकिने खड्काको भनाई छ । यहाँ उत्पादन हुने विद्युतमा शेयर लगानी गरेर नागरिकहरुको आर्थिक उन्नती गर्न सकिने खड्काको दावी छ ।

यस बाहेक सिलिचोङमा अन्य थुप्रै पर्यटनहरुको सम्भावनाहरु रहेको र तिनीहरुको प्रवर्धनबाट समृद्ध सिलिचोङ निर्माण गर्न सकिने खड्काको भनाई छ । यस अघि राज्यमन्त्री समेत भईसकेका खड्काले आफु काम गरेर प्रमाणित गर्ने ब्यक्ति भएकाेले अहिलेकाे प्रतिवद्धताहरु पुरा हुनेमा संका नगर्न समेत अनुराेध गरे ।

सम्बन्धित समाचार