पाेर्चुगलमा प्रदर्शन हुँदै ‘दुई नम्बरी’



लिस्वन । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आगामी डिसेम्बर ११ देखि पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा मनोरनञ्जनात्मक कार्यक्रमहरु व्यवस्थापन गर्दै आइरहेकोे नेप्स इन्टरटेन्मेन्टले उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो ।

चलचित्र लिस्बनको सिनेमा आइडियल हलमा प्रदर्शन हुनेछ । ‘दुई नम्बरी’ चलचित्रमा रोमान्स, कमेडी र एक्सनले भरिपूर्ण रहेको नेप्स इन्टरटेन्मेन्टका समिर गुरुङले जानकारी दिए ।

दयाहाङ राई, सौगात मल्ल, बुद्धी तामाङ, उपसना सिंह ठकुरी र उगेन छोदेनको प्रमुख भूमिका रहेको उक्त चलचित्र दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । टिकट दर १५ युरो तोकिए चलचित्र प्रदर्शनकाे मिडिया पार्टनर मकालु अनलाइन डट कम, फोटो दृष्टि र कालिका खबर रहेका छन् ।

सम्बन्धित समाचार