कुलुङ भाषाकाे नयाँ गीत ‘येन्चान्ना’ सार्वजनिक (भिडियाे सहित)



काठ्माण्डाै । कुलुङ भाषाकाे नयाँ गीत येन्चान्ना सार्वजनिक भएकाे छ । मेलिना राईकाे आवाजमा विलिम ग्रुप ईन्टर्टेन्मेन्ट युटुब च्यानलबाट गीतकाे भिडियाे सार्वजनिक भएकाे हाे ।

यस अघि सार्वजनिक भएकाे चाैपा युयान्ना गीतकाे सिक्वेलकाे रुपमा गीत निर्माण गरिएकाे बताईएकाे छ । समिना कुलुङकाे शब्द, डाक्टर किराँतकाे संगीतमा मेलिना राईकाे आवाजमा गीत निर्माण गरिएकाे हाे ।

गीतकाे भिडियाे साेलुखुम्बु जिल्लामा छायाँङ्कन गरिएकाे हाे । भिडियाेमा रेयर राई र वेदना राईकाे मुख्य भुमिका रहेकाे छ । प्रेम कथामा आधारित गीतकाे भिडियाे उत्कृष्ठ बनेकाे दर्शक श्राेताहरुकाे प्रतिकृया आईरहेकाे छ ।

 

सम्बन्धित समाचार