चिचिलाले विनियाेजन गर्याे २५ कराेड ५ लाख बजेट, कुन क्षेत्रमा कति ?



खाँदबारी । चिचिला गाउँपालिका गाउँसभाकाे १६ औँ अधिवेशनले आर्थिक बर्ष २०८१/८२ काे लागि २५ कराेड ५ लाख २५ हजार रुपैयाँ बराबरकाे बजेट विनियाेजन गरेकाे छ । गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष पासाङ नुर्वु शेर्पाकाे अध्यक्षतामा बसेकाे सभाले उक्त बजेट पारित गरेकाे हाे ।

गाउँपालिका उपाध्यक्ष तथा सभा सदस्य मनकला राईले आर्थिक विधेयक सभामा पेश गर्नुभएकाे थियाे । सभामा पेश गरिएकाे आर्थिक विधेयक सर्वसम्मत रुपमा पारित गरिएकाे हाे ।

गाउँसभाले सबैभन्दा बढी चालु तर्फ ७ कराेड १४ लाख ५० हजार रुपैयाँ विनियाेजन गरेकाे छ । त्यस्तै पुँजीगत तर्फ ३ कराेड १६ लाख, वडा स्तरीय कार्यक्रम तर्फ १ कराेड २५ लाख, कृषी कार्यक्रम तर्फ ३५ लाख ५० हजार, शिक्षा तर्फ ८२ लाख १९ हजार रुपैयाँ विनियाेजन गरेकाे छ । त्यस्तै, पशु सेवा तर्फ १८ लाख ४० हजार, स्वास्थ्य कार्यक्रम तर्फ ८९ लाख ९० हजार, महिला बालबालिका तथा समाज कल्याण कार्यक्रम तर्फ ११ लाख, सामाजिक सुरक्षा तथा पञ्जिकरण कार्यक्रम तर्फ ९ लाख २० हजार र न्यायिक समिति तर्फ ५ लाख रुपैयाँ विनियाेजन गरेकाे छ ।

त्यस्तै, संघीय सशर्त चालु तर्फ ९ कराेड १३ लाख ८८ हजार रुपैयाँ, स‌ंघीय सशर्त पुँजीगत तर्फ १० लाख, संघीय विशेष अनुदान तर्फ ५० लाख रुपैयाँ विनियाेजन गरेकाे छ । त्यस्तै, प्रदेश सशर्त कार्यक्रम तर्फ २७ लाख ८६ हजार र प्रदेश समपुरक तर्फ ९ लाख ५० हजार रुपैयाँ विनियाेजन गरिएकाे थियाे ।

सभाले केन्द्र र प्रदेशबाट विभिन्न शिर्षकमा प्राप्त हुने बजेट सिमा, गाउँपालिकाकाे माैज्दात रकम र आन्तरिक राजश्वकाे आधारमा उक्त बजेट विनियाेजन गरेकाे हाे । संघीय सरकारबाट समानिकरण, राजश्व बाँडफाड, सशर्त र विशेष अनुदान शिर्षकमा २२ कराेड ४५ लाख ८८ हजार रुपैयाँ बराबरकाे बजेट सिमा प्राप्त भएकाे थियाे ।

त्यस्तै, प्रदेश सरकारबाट समानिकरण अनुदान, राजश्व बाँडफाड, सशर्त र समपुरक शिर्षकमा १ कराेड ८४ लाख २७ हजार रुपैयाँ बराबरकाे बजेट सिमा प्राप्त भएकाे थियाे । यस बाहेक गाउँपालिकाकाे आन्तरिक राजश्व वापत ३५ लाख रुपैयाँ र माैज्दात (अल्या) वापतकाे ४० लाख १० हजार रुपैयाँ रकमबाट उक्त बजेट विनियाेजन गरिएकाे हाे ।

सम्बन्धित समाचार