खाँदबारी । दक्षिण काेरियामा बस्ने कुलुङ समुदायकाे संस्था किराँत कुलुङ समाज दक्षिण काेरियाले कुलुङ भाषाकाे गीत लेखन प्रतियाेगिता सञ्चालन गरिरहेकाे छ । समाजले प्रतिष्पर्धाका लागि गीत लेखि पठाउन सार्वजनिक सुचना जारी गरेकाे थियाे ।
उक्त प्रतियाेगितामा सहभागी भई उत्कृष्ठ १५ मा पर्न सफल गीतहरु समाजकाे फेसबुक पेजबाट सार्वजनिक गरिएकाे हाे । जम्मा १०० पूर्णाङ्कमा ७० प्रतिशत मुल्याङ्कन कर्ताहरुबाट मुल्याङ्कन गरिएकाे थियाे । उक्त ७० प्रतिशत पुर्णाङ्ककाे मुल्याङ्कनबाट उत्कृष्ठ १५ लाई सामाजिक सञ्जाल फेसबुकमा भाेटिङकाे लागि सार्वजनिक गरिएकाे हाे ।
फेसबुकमा श्राेताहरुले रुचाएकाे (भ्युज) काे आधारमा ३० पुर्णाङ्ककाे मापन गरिने आयाेजकले जनाएकाे थियाे । उक्त फेसबुक भ्युज प्रतियाेगिताकाे लागि आईतबार समाजकाे फेसबुकबाट सार्वजनिक गरिएकाे हाे । फेसबुकमा प्राप्त भ्युजकाे संख्यालाई मार्किङ गर्ने मापडण्ड तयार गरिएकाे र उक्त प्राप्ताङ्कमा निर्णायकहरुबाट प्राप्त अंक जाेडेर आगामी भदाै १६ गते अन्तिम नतिजा सार्वजनिक गर्ने आयाेजक समाजले जनाएकाे छ ।
गीतकाे सिबि कुलुङ, अजय अलङ्कार कुलुङ, दिपेन्द्र थाेरेप्पा, छितिज कुलुङ र छविशित कुलुङले मुल्याङ्कन गरेका हुन् । प्रतियाेगिताकाे विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त गीत रेकर्डिङ समेत गरिनेछ । दाेश्राे हुनेले ३० हजार, तेश्राे हुनेले २० हजार नगद प्रदान गरिनेछ । चाैँथाे हुनेलाई सान्वना स्वरुप नगद १० हजार रुपैयाँ प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
उत्कृष्ठ १५ गीतहरु हेर्न तथा सुन्नकाे लागि छनाैटमा परेका तपशिलका सर्जकहरुकाे नाममा क्लिक गर्नुहाेस् ।
१) आनन्द कुलुङ, महाकुलुङ ५, साेलुखुम्बु ।
२) भुपेन्द्र थिम्रा, सिलिचाेङ २, संखुवासभा ।
३) केशव कुलुङ, महाकुलुङ ३, साेलुखुम्बु ।
४) पदम साधना कुलुङ, मकालु ६ संखुवासभा ।
५) फुलमाया कुलुङ, काठमाण्डाै ।
६) मनुहाङ किराँती, महाकुलुङ ५ साेलुखुम्बु ।
७) राेषनदिप कुलुङ, सिलिचाेङ २ संखुवासभा ।
८) समिना कुलुङ, महाकुलुङ ३ साेलुखुम्बु ।
९) समिप कुलुङ किराँती, महाकुलुङ ५ साेलुखुम्बु ।
१०) सचिन कुलुङ, महाकुलुङ १ साेलुखुम्बु ।
११) शंकर कुलुङ, खाँदबारी ८ संखुवासभा ।
१२) सिर्जन कुलुङ सिरिष, झापा ।
१३) टंक साेम्फाेरु, संयुक्त राज्य अमेरिका ।
१४) टिकाराम कुलुङ, सिलिचाेङ ३ संखुवासभा ।
१५) याेगेन कुलुङ, सिलिचाेङ २ संखुवासभा ।


प्रतिक्रिया