संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले ‘विशेष महाधिबेसन’ को माग राखेर हस्ताक्षार अभियान थालेका छन् ।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजीको आन्दोलन पछि मुलुकको परिस्थिती र राष्ट्रिय राजनीतिलाई समेत बदलेर ‘नयाँ कांग्रेस’ बनाउनु पर्ने माग राख्दै संखुवासभाका कांग्रेस नेताहरुले विशेष महाधिबेसन गर्न दवाव दिन हस्ताक्षार अभियान थालेका हुन् । देशको समसामयिक परिस्थिती, नीति र नेतृत्व लगायतका बिषयमा विशेष निर्णय गर्नु अपरिहार्य भएकाले यथासक्य छिटो नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित) को धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिबेसन गर्न केन्द्रमा माग सहित अनुरोध गरेका छन् ।
नेपाली कांग्रेस संखुवासभाका प्रतिनिधीसभा क्षेत्र नं। १ र २ का महाधिबेसन प्रतिनिधीहरुले हस्ताक्षार गरि केन्द्रमा पत्राचार गर्दै विशेष महाधिबेसनको माग गरेको नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनको अनुसार हालसम्म ९० प्रतिशत महाधिबेसन प्रतिनिधीहरुले हस्ताक्षार गरि विशेष महाधिबेसनका माग गरेका छन् भने एकाध जनाको हस्ताक्षार गर्न बाँकी रहेको सचिव घलेको भनाइ छ । ‘हस्ताक्षार भइसकेको नामावली केन्द्रमा पठाइसकेका छौं, बाँकी रहेकाहरुको आज बेलुकी सम्म हस्ताक्षार संकलन सकिएपछि केन्द्रमा पठाउँछौं, भोली (आइतबार) नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक रहेकाले दवाव सिर्जना गर्न हस्ताक्षार अभियान थालेका हौं । कांग्रेस अब सच्चिएर अघि बढनुपर्छ भन्ने हाम्रो माग हो ।’–घलेले भने ।
कांग्रेसलाई मजबुद, बलियो र जेनजीले भने भष्ट्राचार रहित समाज र मुलुकको सुशासन कायम गर्न कांग्रेसका युवाहरु अघि बढनुपर्छ भन्ने हाम्रो माग रहेको जिल्ला सचिव घलेको भनाइ छ ।
विशेष महाधिबेसनको माग राखी केन्द्रमा पत्राचार गर्नेहरुको नामावली :
१ दिपनकुमार श्रेष्ठ
२ निर्मला तामाङ बस्नेत
३ चक्रबहादुर बिसुन्के
४ मुना दाहाल पोख्रेल
५ हरिश्वर थापा मगर
६ सुमित्रा श्रेष्ठ
७ सीता श्रेष्ठ
८ थिरबहादुर राई
९ उमेश चौहान
१० दिपेन्द्र बान्तवा
११ राजेन्द्र घले
१२ चित्ररेखा अधिकारी
१३ वंशीराज रेग्मी
१४ उषा कार्की
१५ टंकप्रसाद राई
१६ पासाङ शेर्पा
१७ मिङ्मा शेर्पा
१८विपिन राई
१९ चन्द्र कुमार घोण्डे गुरुङ
२०सञ्जय शेर्पा (महासमिति सदस्य, नेपाल लोकतान्त्रिक शेर्पा संघ)
२१ तारामान गुरुङ (केन्द्रिय सदस्य)


प्रतिक्रिया