२५ प्रतिशतले पर्यटक बढ्यो




सोलुखुम्बु। सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको गत वर्षको तुलनामा यस वर्ष उल्लेख्या रुपमा बृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २५।१५ प्रतिशतले बृद्धि भएको छ ।

अंग्रेजी पात्रो अनुसार सन् २०१५ मा २७ हजार ४९ सय ६५ जनाले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६ सय ९४ जनाले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । यो सँख्या गत वर्षको तुलनामा ९ हजार २ सय २९ जनाले बृद्धि भएको पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरिक्षक सरयुग महतोले जानकारी दिनु भयो ।

दुई वर्षको तथ्याङ्क अनुसार जनवरी, फेब्रुवरी, मार्च र अप्रिल महिनामा गत वर्ष यस वर्षको तुलना बढि रहेको भएपनि मे महिनादेखि यता यस वर्षको पर्यटकको संख्या उल्लेख्या रहेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज चेक पोष्ट मन्जोको तथ्याङ्क अुनसार २०१५ जनवरीमा ९ सय २० जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ भने सन् २०१६ मा ५ सय ८९ जनाले भ्रमण गरेको छ ।

फेब्रुवरीमा क्रमशः १ हजार २ सय ६०(२०१५) र १ हजार ७८ जना (२०१६), मार्चमा ४ हजार ५६ र ३ हजार ८ सय ४ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । साथै अप्रिलमा क्रमशः ६ हजार २ सय ८३ जना (२०१५) र २०१६ को अप्रिलमा ५ हजार ५ सय २० जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ ।

त्यस्तै २०१५ को मे महिनामा १ सय ८२ जनाले मात्र सगरमाथा क्षेत्रको भ्रमण गर्दा २०१६ को मे महिनामा ३ हजार १ सय २४ जनाले गसरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको चेक पोष्ट मन्जोले जनाएको छ । जुन महिनाको तथ्याङ्क अनुसार २०१५ मा १६ जनाले मात्र भ्रमण गर्दा २०१६ को जुन महिनामा ३ सय ९३ जना पर्यटक भित्रिएको छ । २०१५ को जुलाईमा ५८ जना आउदा र २०१६ मा भने ३ सय ५४ जना पर्यटक खुम्बु क्षेत्र आएको कार्यालयले जनाएको छ ।
गत वर्ष भुकम्प र नाकाबन्दीको कारण मे महिना पछि पर्यटकको संख्या लागातार ओरालो लागेका थियो भने यस वर्ष पर्यटकको संख्यामा राम्रो सुधार भएको कार्यालयले जनाएको छ ।

सन् २०१५ अगस्टमा १ सय ६२ जनाले भ्रमण गरेकोमा सन् २०१६ को अगस्टमा बढेर ३ ुय ५१ जनाले भ्रमण गरेका छन् । त्यस्तै सेप्टेम्बरमा पनि १ हजार ५ सय ७४ जनाले भ्रमण गरेकोमा यस वर्षको सेप्तेम्बरमा बढेर ३ हजार १ सय ३१ जनाले खुम्बु क्षेत्र प्रवेश गरेको पर्यटक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सन् २०१५ अक्टोबरमा ५ हजार २ सय १२ जनाले भ्रमण गरेकोमा २०१६ अक्टोबरमा पर्यटकको संख्य बृद्धि भई १० हजार १३ जनाले भ्रमण गरेका छन् । २०१५ नोभेम्बरमा ३ हजार ७ सय ७९ जनाले भ्रमण गरेकामा २०१६ को नोभेम्बरमा ६ हजार २ सय ७४ जनाले सयरमाथा क्षेत्रको अवलोकन गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

त्यस्तै २०१५ को डिसेम्बर महिनामा ३ हजार ९ सय ६३ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा २०१६ डिसेम्बरमा २ हजार ६४ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको ।
यस वर्ष पर्यटकको संख्यामा सुधार आएपछि पर्यटन व्यवशायीहरुलाई पनि सहज भएको छ भने धेरै बेरोजगार युवाहरुले पनि रोजगारीको अवशर मिलेको पर्यटन व्यवशायीहरु बताउछन् ।

सम्बन्धित समाचार