कविताः बिरोधाभास



-लबिन्द्र कुलुङ

गौथलीले हात हल्लाइरहको देखेर
मेरो चकचके कान्छो भाइले
डाइपर लगाइदियो ।

पवित्र गुम्बाभित्र
एक साँझ
यशू बास बस्न आएछ ।
त्रिपिटकलाई सिरानी
चिवरलाई डसना
अनि
मज्जाले सुतेछ ।

बिहान उठ्यो,
गुम्बाभित्रेै पादेर
सुरुवालका सुता बान्दै
कालो गोरुमाथि चढी
घार्मिक प्रचारमा हिड्यो रे !

एकादेशमा
कुकरभित्र
भातपाकिरहेको थियो ।
अचानक सिठ्ठी लाग्दा
माओत्सेतुङ र कुम्भकर्ण
एकै साथ व्युँझेछ ।

म डराइरहेथे,
अब यी सजीवहरू के गर्न लागे
भनेर ।
हातधोएर एक जनाले भात,
अर्काले तरकारी पस्काएर
खानथाल्यो ।

बुझ्नु पर्ने कुरा त यो थियो कि
तरकारीमा सामन्ति
प्राणीको फिला थियो

प्रत्यक ठाउमाँ प्रत्यक
मान्छे भेटेको छु ।
बिपी, बुद्ध, गान्धी
तर,
आहाँ
क्या मिठो खच्चरको,
पिसाबको बास्ना
भन्ने कोही भेटेको छैन

त्यो सिन्दुरे साँझमा,
पारी डाँडामाथि
हावाखादै
साईलीसँग कुम जोडेर
भन्दै छ ऊ
“हाम्रो मायाको फुलबारीमा उनिऊँ फुलाइदिन्छु।।”

सम्बन्धित समाचार