उपत्यकाबाट ६ सय बढी सडक बालबालिकाको उद्धार



असार ४, २०७४   पछिल्लो १ महिनामा उपत्यकाको विभिन्न स्थानबाट ६ सय बढी सडक बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बालकल्याण समिति र बालबालिका खोजतलाश समन्वय केन्द्रले सोह्रखुट्टे, पशुपति क्षेत्र, कालिमाटी, जावलाखेल, लगनखेल लगायतका स्थानबाट उनीहरुको उद्धार गरेको हो । गत वैशाख २७ गते शुरु ‘सडकमा बालबालिका बस्न पर्दैन, सडकमा बस्न पाईदैन’ भन्ने अभियानअतगर्त समिति र केन्द्रले उनीहरुको उद्धार गरेको हो ।

उनीहरु सबै जना लागुपदार्थ दुव्र्यसनीमा लागेको तथा बालिकाको अवस्था जोखिमपूर्ण पाइएको केन्द्रका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । अझै पनि उपत्यकाका विभिन्न स्थानमा सयको हाराहारीमा सडक बालबालिका रहेको अनुमान गरिएको छ । उद्धार गरिएका बालबालिकाहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको रोहवरमा राखिएको छ ।

उनीहरुको सडक जीवन परिवर्तनका लागि आवश्यकता अनुसार विभिन्न तालिमहरु समेत प्रदान गरिएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार