ताप्लेजुङ/ताप्लेजुङमा स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । फुङलिङ नगरपालिका वडा ८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य उम्मेदवार बेदना गुरुङ र तेजबहादुर सुनुवार तथा वडा ११ का खगेन्द्र भट्टराईले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सिरीजंघा गाउँपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
साथै सोहि गाउँपालिकाको वडा नं ७ वाट नेकपा एमालेको तर्फवाट खुला सदस्यका उम्मेदवार देउमाया कामिले समेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत राजेन्द्र वेढाथोकिले जानकारी दिए । उता आठराई त्रिवेणि गाउँपालिकाका वडा नं १ का खुला सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्र वहादुर शेर्पाले समेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत इन्द्र गौतमले जानकारी दिए ।
निर्वाचन चिन्ह प्रदान
स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई मंगलबार ताप्लेजुङमा निर्वाचन चिन्ह प्रदान गरिएको छ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङलिङ नगरपालिकामा मेयरका लागि दुई स्वतन्त्र उम्मेदवारी परेको थियो ।
मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका खगेन्द्र पोर्तेल विश्वकर्मालाई क्यामेरा र मङ्गोल नेशनल अर्गनाइजेशनका छविन्द्र गुरुङलाई व्याडमिन्टनको कर्क चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत वस्नेतले जानकारी दिए ।
यसैगरि मिक्वाखोला गाउँपालिकामा दुई स्वतन्त्र उम्मेदवारले पनि चुनाव चिन्ह प्राप्त गरेका छन् । जसमा होम प्रकास लिम्बूले क्यामेरा र महेन्द्र कुमार कटुवालले बाघ चुनाव चिन्ह पाएका छन् । लिम्बू सो गाउँपालिकाका अध्यक्षका उम्मेदवार हुन भने कटुवाल वडा नं २ का खुला वडा सदस्यका उम्मेदवार हुन् ।
उता मैवाखोला गाउँपालिकाका वडा नं ५ का स्वतन्त्र उम्मेदवार राम वहादुर वस्नेतले ठड्याईएको औँला चुनाव चिन्ह प्राप्त गरेको निर्वाचन अधिकृत खडानन्द पराजुलिले जानकारी दिए । यसैविच फक्ताङलुङ र सिरिजंघा गाउँपालिकामा एक एक जनाको उम्मेदवारी वदर भएको छ ।
चार दलित महिला सदस्य निर्विरोध
ताप्लेजुङमा नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रकि एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा नेपाली काङग्रेशवाट फक्ताङ्लुङ गाउँपालिका–६ कि दलित महिला सदस्य उमा लाम्गादे र सोहि गाउँपालिका बाटै माओवादि केन्द्रकि दलित महिला सदस्य माल्वीका दर्जि निर्वीरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
साथै मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजंघा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । उनिहरु नेपाली काङग्रेशवाट उम्मेदवारी दिएका थिए ।
चारओटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो ।विजयी सुरुआतसँगै ती वडामा दलका कार्यकर्ताले विजयोत्सव मनाउन थालेका छन् । मिक्वाखोला ३ मा विजयी बनेकी लक्षीमाया विश्वकर्मालाई बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको छ ।
प्रतिक्रिया