टीकापुर—टीकापुर नगरपालिकाको हालसम्म पाँच सय मत गणना सम्पन्न भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवात गरेको छ।
मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले वडा नं. ३, ५ र ६ बाट मत गणना सुरु भएको जानकारी दिए। गएराति १२ बजेबाट मतगणना सुरु भएको थियो । तीन स्थानमा मतगणना भैरहेको रेग्मीले बताए।
प्राप्त मत परिणाम अनुसार फोरमका मेयर पदका उम्मेदवार लौटन चौधरीले १८० र उपमेयर पदका उम्मेदवार सुदेशनी चौधरीले १७४ मतले प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा रहेका काँग्रेसका जंगबहादुर साउँदले १०८ र केशरी बिष्टले ११५ मत प्राप्त गरेका छन। एमालेका तपेन्द्र रावलले १०१ र कमला केसीले ८९ मत हासिल गरेका छन्।
चौथो स्थानमा रहेको माओवादी केन्द्रका ललित थापा शिवले ६६ र आशा चौधरीले ७१ मत हासिल गरेका छन्।
मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले वडा नं. ३, ५ र ६ बाट मत गणना सुरु भएको जानकारी दिए। गएराति १२ बजेबाट मतगणना सुरु भएको थियो । तीन स्थानमा मतगणना भैरहेको रेग्मीले बताए।
कुल ३९ हजार १ सय ९२ मतदाता रहेको टीकापुरमा २७ हजार १ सय ६४ मत खसेको छ। टीकापुरसँगैको जानकी गाउँ पालिकामा समेत मत गणना सुरु भएको खबर प्राप्त भएको छ।
प्रतिक्रिया