आश्रयस्थलबाट ९ शिशु गायब



ललितपुर । गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’ ।नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ ।यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित समाचार