फेरि युनिटीजस्तै ठगीधन्दा, नेटवर्किङ व्यवसायबाट यसरी ठगिँदै हजारौँ नेपाली



काठमाडौं । युनिटी इन्टरनेसनलले अवै’द्य नेटवर्किङ व्यवसाय चलाएर लाखौँ नेपालीलाई ठ’गी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै ध’न्दाबाट हजारौँ नेपालीलाई ठ’गेको फेला परेको छ।

भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अ’वैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको खबर आजको नागरिक दैनिकमा निर्मल घिमिरेले लेखेका छन्।

युनिटी इन्टरनेसनलले अ’स्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो।

यसको सदस्य बन्न नेपाली ९६ हजार शुल्क तिर्नुपर्छ। एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ।

९६ हजार बुझाउने जोकोही भारतको लखिनपुरमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी बन्छन्।

बन्द कोठामा चारदिनसम्म हुने प्रशिक्षणमा कम्पनीका बारेमा पढाउने गरिन्छ। चार दिनको तालिमपछि सहभागी ‘डाक्टर’ बन्छ र औषधि लिएर नेपाल फर्किन्छ।

सम्बन्धित समाचार