काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर आईपीओमा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया