संखुवासभामा २३ जना सहित प्रदेश १ मा ६९२ जनामा कोरोना सङ्क्रमण, ७ जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार


विराटनगर । संखुवासभामा २३ जना सहित प्रदेश १ मा ६९२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, सङ्खुवासभा र भोजपुरमा १–१ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १, झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र बिर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौबिसे, शहिदभूमीमा १–१, इलामको सूर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, भोजपुरको साल्पासिलिछोमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार