नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग, कार्यतालिका बनाएर काम गर्ने



काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ ।

आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । उनले भने, ‘हामीले गर्ने कामको कार्यतालिका ९क्यालेन्डर० बनाइरहेका छौं । त्यही कार्यतालिका अनुसार आयोगको अब हुने सबै कामहरु हुनेछ ।’

आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उनको भनाइ छ ।

नियमावली संशोधन

शिक्षक सेवा आयोगले नियमावली संशोधन प्रकृया अगाडि बढाएको छ । नियमावली संशोधन भएपछि शिक्षक छनोट र अध्यापन अनुमति पत्र ९लाइसेन्स० आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रियामा जाने तयारी आयोगले गरेको छ ।

अहिले बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ
प्राथमिक तहमा भएका शिक्षक प्राथमिक द्वितीयमा र प्राथमिक प्रथममा जान सक्छ । निम्न माध्यमिक अथवा माध्यमिक तहमा भएकाहरु पनि त्यसैगरी द्वितीयमा, प्रथममा आन्तरिक प्रतियोगिता परीक्षाबाट जान सक्छ ।

तर नियमावलीले खुला सरह भनेकाले नियमावली संशोधन गर्नुपर्ने भएको प्रवक्ता मरहट्ठा बताउँछन् । आयोगले नियमावली संशोधनको प्रस्ताव मन्त्रालय पठाएको र मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि ढिलाइ भइरहेको उनले बताए ।

शिक्षा ऐनले विद्यालयको संरचना आधारभूत तह र माध्यमिक तहमा वर्गीकरण गरेको छ । तर नियमावली संशोधन नहुँदा शिक्षक दरबन्दी भने, प्रावि, निमावि र मावि तह अनुसार नै हुनेछ ।

सम्बन्धित समाचार