एमाले समाजवादी पार्टी बिहीबार मात्रै दर्ता गरिने, जुध्यो चुनाव चिन्ह



काठमाडौँ । माधवकुमार नेपाल समूहले अन्तत नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ ।

आयोगले भने कानूनी प्रावधान हेरेर बिहीबार मात्रै दर्ता गर्ने जनाएको नेपाल निकट नेता जीवनराम श्रेष्ठले अन्नपूर्णलाई बताए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भनेका छन् उहाँहरुको निवेदन आएको छ । कानूनी प्रावधान हेरेर आयोगले दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

माधव निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह खुला किताब राखिएको छ । नेपाल समूहकै रुपमा चिनिएका कतिपय नेताहरु भने नयाँ दल बनाउने सन्दर्भमा अझै खुलेका छैनन् । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरुले हाल कतै नलाग्ने बताएका छन् ।

तर आयोगका अनुसार माधव पक्षको पार्टीको चुनाव चिन्ह खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको छ । चुनाव चिन्ह जुधेकै कारण प्राविधिक समस्या आएको आयोगका एक कर्मचारीले जानकारी दिए ।

सम्बन्धित समाचार