सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन



काठमाण्डौ । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ ।

सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताए । आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए ।

राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका श्रीमती र छोरा छन् ।

सम्बन्धित समाचार