काठमाण्डौ । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।
मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उहाँ नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको थियो ।
यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन स् संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
प्रतिक्रिया