सोलुखुम्बुमा पनि कानुन विषयको पढाई सुरु



सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि कानुन विषयको अध्यापन गरिने गरिने भएको छ । सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीले यहि शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्न लागेको हो ।

विगत ३० बर्षदेखि उच्च शिक्षाका दिदै आएको क्याम्पसले विद्यार्थीको माग अनुसार यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानुन विषय थप गरेको क्याम्पस प्रमुख उद्धव कुमार शर्माले जानकारी दिए ।

क्याम्पसले भदौ १ देखि ३० गतेसम्म भर्ना म्याद तोकेको छ भने असोज १ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ । कानुन तर्फ पहिलो बर्षका लागि ६० जनाको मात्र कोटा रहेको क्याम्पसले जनाएको छ ।

सम्बन्धित समाचार