आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने


१५ भाद्र २०७८, मंगलबार


काठमाण्डौ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

राति भने वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परेको छैन ।

तर, दिउँसो पछि पानी पर्न सक्ने उहाँले बताउनुभयो । केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ । तर, लगातार झरी नपरे पनि पानी पर्ने सम्भावना भने रहेको शाक्यले बताउनुभयो ।

मौसमविद्का अनुसार देशका धेरै ठाउँमा आज पनि हल्कादेखि मध्यमखालको वर्षा हुनेछ । पानी पर्न केही कम भए पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

सम्बन्धित समाचार