धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै धनकुटामा पनि यसको सरगर्मी जिल्ला जिल्लामा बढिरहेको छ। जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरुले टोल–टोल र वडा–वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिन थालेका छन्।
धनकुटाका चोकचोकमा र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा–परिचर्चा हुन थालेको छ।
यतिबेला सबै समूह आफ्नो रणनीति तय गरेर वडा र नगर समितिका उम्मेदवार चयन गर्ने र नगर सभापतिसहित वडा(वडाबाट प्रतिनिधि आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेका छन्।
पार्टीको १३ औं महाअधिवेशन दौरान जिल्ला सभापतिमा कमोट फागो र अग्निप्रसाद पौडेलले प्रतिस्पर्धा गरेका थिए। जसमा पौडेल विजयी भएर जिल्ला सभापतिको कार्यभार समालिरहेका छन्। फागो पौडेल प्यानल र पौडेल देउवा प्यानलबाट मैदानमा उत्रेका थिए।
१३ औं महाअधिवेशनमा धनकुटा कांग्रेसमा अधिकांश देउवा प्यानलका उमेद्वार विजयी भएका थिए। १३औं महाअधिवेशनमा देउवा पक्षका अग्निप्रसाद पौडेलले रामचन्द्र पौडेल पक्षका फागोलाई ६ मतले पराजित गरेका थिए।
कांग्रेसको विधानअनुसार वडाबाट छनोट भएका प्रतिनिधिहरूले स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउनेछन्।
विधानमा जिल्ला सभापति र गएको प्रदेश तथा संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार बनेकाहरु स्वतस् स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधि हुन पाउनेछन्।
जसअनुसार वर्तमान जिल्ला सभापति अग्निप्रसाद पौडेल, गत निर्वाचनमा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार मनोहरनारायण श्रेष्ठ र र प्रदेशसभाकै समानुपातिक सांसद लीला सुब्बा स्वतस् बनेकाहरु स्वतस् स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधि बनेका छन्।
कांग्रेसको आगामी १८ देखि २२ गतेभित्रमा एकदिन जिल्लाभर वडा अधिवेशन, २७ गते स्थानीय तहको अधिवेशन, असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुने भएको छ।
कांग्रेसको धनकुटा जिल्ला समितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवसहित ४१ जना सदस्यको लागि सर्वसम्मत नभए निर्वाचन हुनेछ भने सदस्यहरूमध्येबाट कोषाध्यक्ष मनोनीत गर्ने विधानमा व्यवस्था छ।


प्रतिक्रिया