आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आए



बितेको आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

गएको जनवरीदेखि अगष्ट महिनासम्ममा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताउनुभयो ।

यसरी नेपालमा बढीजसो पर्यटक हिमाल आरोहण तथा हिमाली पदयात्राका लागि आउने गरेका छन् ।

सम्बन्धित समाचार