खोटाङ । खोटाङमा डेङ्गीका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेङ्गीका आठ जना बिरामी भेटिएका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। वैभव मल्लिकले बताउनुभयो ।
अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेङ्गी लागेको पुष्टि भएको छ । शुक्रवार दुई जनालाई डेङ्गी पोजेटिभ पुष्टि भएको सुपरिटेन्डेन्ट डा। मल्लिकले बताउनुभयो ।
सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले भदौ ३० गते अन्यत्र रेफर गरेको छ । डेङ्गीका दुई जना बिरामी भने अहिले जिल्ला अस्पतालमै उपचाररत छन् । अन्य बिरामी भने घरैमा उपचारमा रहेको डा।मल्लिकले बताउनुभयो ।
साकेला गाउँपालिकामा पनि डेङ्गीका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेङ्गीका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया