गुल्मी । बौद्धिक अपांगता भएकाहरुलाई पठनपाठन गराउने उद्देश्यले निर्माण गरिएको भवन बजेट अभावले पूरा हुन सकेको छैन। रेसुङगा नगरपालिका–९ मा रहेको बौद्धिक अपांगता अभिभावकत्व संघले निर्माण गरिहेको भवन आर्थिक अभावका कारण पूरा हुुन नसकेको संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए।
तीन तलाको भवन बनाउने गरी आफूहरु लागे पनि रकम अभाव भएका कारण दुई तला मात्र बनाउन सकिएको संघका सचिव मेघलाल पाण्डेले बताए। यस्तै, फर्निचर तथा अन्य सामग्रीको व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ।
२०६४ सालमा सात लाख रुपैयाँमा करिब साढे चार आना जग्गा खरिद गरी २०७१ सालदेखि भवन निर्माण थालिएको हो। २०७१ सालदेखि हालसम्म शहरी विकास कार्यालय पाल्पा, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, जिल्ला विकास समिति, संसद विकास कोष र रेसुङगा नगरपालिकाबाट विभिन्न चरणमा गरी ३९ लाख नौ हजार ३१५ रुपैयाँ प्राप्त भएको संघले जनाएको छ।


प्रतिक्रिया