बेलायतमा पेट्रोलियम पदार्थको चरम संकट समाधानका लागि सेनाले ढुवानी सुरु गर्ने भएको छ। त्यहाँका सरकारी अधिकारीहरुका अनुसार सेनाले सोमबारदेखि ग्यारेजहरुमा पेट्रोलको ढुवानी सुरु गर्ने भएको हो।
सेनाले १०० भन्दा बढी ट्यांकरमा झण्डै २०० सहयोगीसहित सेवा दिने जनाइएको छ। आगामी मार्चसम्म पेट्रोलियम संकट हुन सक्ने भन्दै झण्डै ३०० सैन्य ट्यांकर परिचालन गर्ने तयारी गरिएको छ। ट्यांकर चालकहरुको अवरोधका कारण गत सातादेखि बेलायतमा पेट्रोलको चरम अभाव देखिएको छ भने पम्पहरुमा सयौंको संख्यामा गाडीको लाइन लागेको छ।
तुलनात्मक रुपमा साना पेट्रोलपम्पमा अभाव धेरै देखिएको छ। बेलायतमा झण्डै ८ हजार ३०० पेट्रोल पम्प सञ्चालित छन्। पेट्रोल अभावमा त्यहाँका २६ प्रतिशत पम्प पूर्णरुपमा बन्द छन् भने २७ प्रतिशतभन्दा बढी पम्प रित्तिने तरखरमा छन्।
प्रतिक्रिया