काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बुधबार दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
राती कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया