महाकुलुङ । नेपाली कांग्रेस महाकुलुङ गाउँपालिकाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
वडा दसै, शुभदिपावली तथा छठ पर्वको अवसरमा बिहिबार कार्यक्रम आयोजना गरिएको थियो । बुङ स्थित पार्टीको कार्यालयमा आयोजित कार्यक्रम नेपाली कांग्रेस महाकुलुङ गाउँ कार्य समितीका सभापति बलकुमार कुलुङको सभापतित्वमा भएको थियो । कार्यक्रममा सोलुखुम्बु जिल्ला सभापति बिनोद बस्नेत प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पार्टीले गरिरहेको सकारात्मक गतिविधि, आगामी महाधिवेशनमा सबै काङ्ग्रेसका नेता तथा कार्यकर्ता एकता बद्द भएर जानु पर्ने लगाएतको विषयमा छलफल गरिएको सचिव प्रेम बस्नेतले जानकारी दिए ।
कार्यक्रममा जिल्ला सचिव भलाकाजी कुलुङ, स्थानीय तह समन्वय विभाग केन्द्रिय सदस्य गणेश बस्नेत, राज्य प्रशासन बिभाग सदस्य रोशन बाबु थुलुङ्ग, महिला संघ सोलुखुम्बु जिल्ला सभापति छिण्डील्हमु शेर्पा, प्रदेश नं. १ (क) सभापति धनजन राई, सोलु काठमाडौ सम्पर्क मन्चको अध्यक्ष गोकर्ण बस्नेत, सोलु दुधकुण्ड नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा लगाएत जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया