पर्यटकीय क्षेत्र म्याग्दीको टोड्केमा पर्यटकको चहलपहल बढ्यो


२५ कार्तिक २०७८, बिहिबार


म्याग्दी । म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।

समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

टोड्केमा स्थानीयबासिन्दाले सामूहिक लगानीमा सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् ।

पर्यटकीय क्षेत्र टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक रिसोर्ट सञ्चालन गरेपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक टोड्के भ्रमण गर्ने पर्यटकको आगमनमा वृद्धि हुँदै गएको जनाइएको छ ।

सम्बन्धित समाचार