अमेरिकी एक पत्रकारलाई म्यानमारमा ११ वर्षको जेल सजाय


२६ कार्तिक २०७८, शुक्रबार


काठमाण्डौ । हिरासतमा रहेका एक अमेरिकी पत्रकारलाई म्यानमारको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकार डानी फेन्स्टरमाथि आतङ्कवाद र राजद्रोहको अभियोग लगाइएको थियो ।

याङ्गुनमा रहेको एक अनलाइन पत्रिका ‘फ्रन्टिअर म्यानमार’का प्रबन्ध सम्पादक समेत रहेका ३७ वर्षका उनलाई गएको मे महिनामा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनीमाथि सेनाविरुद्ध मानिसलाई उक्साएको, गैरकानुनी सङ्गठन बनाएको र आप्रवासन कानुन उल्लङ्घन गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

उनीमाथि देशद्रोह र आतङ्कवाद बाहेक अन्य दुई अतिरिक्त आरोप पनि लगाइएको थियो । जसमा दोषी पाइए आजीवन कारावासको समेत सजाय हुन सक्ने भनिएको थियो ।

नयाँ आरोपमाथिको फैसला भने अहिले सुनाइएको छैन ।

सम्बन्धित समाचार