काठमाडौं । कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन्।
पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो।
नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।
वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि बन्द भएका थिएनन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरकारी स्कुल सञ्चालनमा आएका थिए।
दशैँ, तिहार र छठ पर्व सकिएको छ। यी पर्व सकिएलगत्तै सबै स्कुलले भौतिक उपस्थितिमै पढाइ सुरु गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता माधवप्रसाद दाहालले बताए।
उनले भने, ‘दशैँ अगाडिबाट नै अधिकांश निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका थिए, अहिले देशभरका सबै स्कुल सय प्रतिशत नै सञ्चालनमा आएको पाएका छौँ, भौतिक उपस्थितिमै पठनपाठन भइरहेको छ।’
उनका अनुसार सञ्चालन हुन बाँकी विद्यालय आगामी आइतबार सञ्चालनमा आउने छन्।
२८ हजार ८ सय ३३ सरकारी र ६ हजार ६ सय ८७ निजी गरी हाल देशभर ३५ हजार ५ सय २० विद्यालय छन्।
प्रतिक्रिया