चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।
सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् ।
एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअनुसार जिल्ला जिल्लालाई समर्थक–शुभेच्छुक ल्याउने जिम्मा दिएको छ । जिल्ला तथा स्थानीय तहका कमिटीहरुले बस रिजर्भ गरेर समर्थक–शुभेच्छुकलाई चितवन पुर्याएका छन् ।
लामो यात्रा गरेर पुगेर आइपुगेकाहरूलाई खाना–खाजा तथा आवासको व्यवस्था पार्टीले गरेको छैन । सम्बन्धित कमिटीहरुलाई नै व्यवस्थापन गर्न भनिएको छ । त्यही कारण एमालेका जिल्ला तथा स्थानीय कमिटीहरुले क्याटरिङ सर्भिस समेत एकसाथ लगेका छन् ।
प्रतिक्रिया