काठमाण्डौ । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् ।
खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ जना मजदुरको ज्यान गएको बीबीसीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको खबरमा उल्लेख छ। ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।
मिथेन ग्याँस निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दै उद्धार कार्य रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२ सय ८५ जना मजदुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।
प्रतिक्रिया