संखुवासभा । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभा र संखुवासभाका तीन पालिकाको साझेदारीमा १६ जना स्वयम् सेवक शिक्षक राखिने भएको छ ।
युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभा र मादि नगरपालिका, सभापोखरी गाउपालिका, मकालु गाउँपालिका, र पाचखपन नगरपालिकामा ५ वर्षको लागि स्यमसेवक शिक्षक राख्ने सम्झौता गरिएको हो । सम्भौतामा स्थानीय सरकारबाट ५० प्रतिशत र यु डब्लु एस नेपाल बाट ५० प्रतिशत गरेर शिक्षकको लागि सेवा सुविधाको व्यवस्थापन गर्ने सम्झौता भएको वर्ल्ड स्कुलका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार मादि नगरपालिकामा १३ जना, सभापोखरी गाउपालिकामा १ जना र मकालु गाउपालिकामा २ जना गरि जम्मा १६ जना स्वयम् सेवक शिक्षक व्यवस्थापन गरिएको छ । आफ्नो पालिकामा शिक्षक व्यवस्थापन भएपछि यु डब्लु एसलाई सहकार्यको लागि धन्यवाद दिदै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनमा सहयोग पुगेको मादि नगरपालिकाका शिक्षा शाखा संयोजक मातृका प्रसाद दाहालले बताए ।
यु डब्लु एस नेपालले नेपालको अधिकांश ग्रामिण विद्यालयहरुमा शिक्षक अभावको कारण कार्यालय सहयोगीले समेत कक्षा शिक्षण गरिरहनु परेको र बहुकक्षा शिक्षणलाई हटाई विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न संखुवासभामा १६ जना र गुल्मी जिल्लामा १९ जना गरी जम्मा ३५ जना स्ंयमसेवक शिक्षक स्थानीय सरकारहरुसगको सहकार्यमा व्यवस्थापन गरिएको बताईएको छ ।
यु डब्लु एस नेपालले हालसम्म संखुवासभा, गुल्मी र ताप्लेजुङ मा गरी ४५ वटा सामुदायिक विद्यालयहरुको भौतिक संरचनाको निर्माण गरसिकेको र निर्माण सम्पन्न भएका विद्यालयहरुमा ७ हजार जना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया