जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि निर्वाचन हुने यसअघि कार्यतालिका रहेपनि यो परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताको समय राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३० बजेसम्म उम्मेदबारी फिर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिका अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन सुरु हुनेछ ।
निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
रामसरोजलाई निधीका साथै डा। शेखर कोइराला समूहले समेत समर्थन गरेका छन् । निधी र कोइराला समूहबाट रामसरोजको प्यानल तयार भएको छ ।
रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदेश सांसद समेत रहेका सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया