भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि चुनावको सम्भावना प्रबल रहेकोमा नेताहरूको पटक–पटकको कसरतपछी सहमतिमा नेतृत्व छानिएको हो ।
अध्यक्षमा शरणकुमार राई सर्वसम्मत हुनुभएको छ । माधव नेपालले नयाँ पार्टी खोल्नुभएकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बस्नुभएको थियो । उहाँ एमालेमा रहँदा पालिकाका जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो ।
अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।
प्रतिक्रिया