सरकारी विद्यालयभित्रै निजी बोर्डिङ



पोखरा । आधुनिक शिक्षाको प्रारम्भ भएको पोखराकै ऐतिहासिक विद्यालय राष्ट्रिय माविको हाताभित्रै यस्तो दृश्य देखिन्छ, जुन दृश्यले सरकारी शिक्षा क्षेत्रकै बद्नामी गरिरहेको छ । कसरी सरकारी विद्यालयहरु कमजोर बनाएर निजी विद्यालय फस्टाइरहेका छन् ? त्यो बुझ्न पोखरा १ टुँडिखेलको राष्ट्रिय मावि र बगरस्थित सँस्कृति मावि हेरे पुग्छ ।

राष्ट्रिय मावि हाताभित्रै अञ्जुली आवासीय माध्यामिक विद्यालय नामक निजी स्कुल चलिरहेको छ । अञ्जुलीले सरकारी स्कुल हाताभित्रको जग्गा र संरचना सस्तोमा हात पारेको छ । सरकारी स्कुल प्राङ्गणभित्रै निजी विद्यालयको मानोमानी अघि विद्यालय, व्यवस्थापन समिति तथा सरोकारवाला निकाय नै निरीह देखिएका छन् ।

सरकारी स्कुलभित्रै चलेको निजी स्कुललाई कसैले हटाउन सकेको छैन भने भाडासमेत असुली गर्न सकिरहेको छैन । एक पटक सम्झौता गरेर जग्गा र संरचनासमेत हात पारेको अञ्जुली बोर्डिङले सरकारी विद्यालय र शिक्षालाई भद्दा मजाक बनाइरहेको छ ।
सरकारी स्कुल स्वार्थ समूहको चंगुलमा कसरी फस्छ, व्यवस्थापन समिति, प्रधानाध्यापक, अभिभावक, राज्यका नियामक निकाय कमजोर हुँदा निजी विद्यालयले कसरी फाइदा लिइरहेका छन् रु भन्ने उदाहरण राष्ट्रिय मावि र अञ्जुली बनेका छन् ।

सम्बन्धित समाचार