६ महिनामै मालपोत खाँदबारीमा सवा करोड बढी राजश्व उठ्यो



मलपोत कार्यालय खाँदबारीमा ६ महिनाको अवधीमा झण्डै सवा २ करोड राजश्व संकलन भएको छ । मालपोत अधिकृत चन्द्रप्रसाद मिश्रका अनुसार साउन देखि पुस मसान्तसम्ममा मालपोतमा जग्गा रजिष्टेशन शुल्क बापत १ करोड ६१ लख ८८ हजार ८ सय ७२ रुपैयाँ, पुजीँगत लाभकर ६४ लाख ६९ हजार १ सय १२ र अन्य शिर्षकमा ५ लाख ६८ हजार ९ सय २७ पनि संकलन भएको छ । यो ६ महिनाको अवधीमा मालपोतमा लिखित पास १३ सय २० वटा भएका छन् । उनका अनुसार ४ सय ७५ कित्ता खारेज गरेर ११ सय ९ वटा कित्ता बनाईएको छ । गत बर्षको तुलनामा यो बर्ष राजश्व संकलन ६ महिनामा आधा भन्दा बढी संकलन भयो, उनले भने, यो बर्ष जग्गा किनबेच बढी भएको देखिएको छ ।

राजश्व संकलन बढी देखिएपनि संकलित मध्ये ६० प्रतिशत स्थानीय तहमा र ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनु पर्ने उनले बताए । उठेका राजश्व सबै स्थानीय तह र प्रदेशमा नियमानुसार पठाउछौ, उनले भने, हामीले कार्यालय प्रयोजनका लागि यो रकम खर्च गर्न मिल्दैन । उनले राजश्व संकलनको केही रकम कार्यालयका बिभिन्न काममा खर्च गर्न छुट्याउनु पर्ने बताए । खाँदबारीमा रहेको मालपोत कार्यालयले भोटखोला, चिचिला, सिलिचोङ, सभापोखरी, खाँदबारी र पाँचखपनका १ देखि ३ नम्बर वडाका सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

मलपोत अधिकृत मिश्रले कार्यालयमा सेवा लिन आउँदा सक्कल नागरिकताको प्रमाणपत्र, पासपोट साइजको फोटो २ प्रति, सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा, जग्गा लिदाको राजिनामा लिखत, चालु आवको मालपोत तिरेको रसिद/काम अनुसार आफु बसेको वडाको फोफोटाँस सहितको सिफारिस ल्याउनु पर्ने बताए ।

भण्डै ३ दशक अघि निर्माण भएको पुरानो भवनबाट सेवा दिँदै आएको मालपोत कार्यालयमा सबे शिर्षकमा आवश्यक बजेट निकासा नहुँदा समस्या छ, उनलेभने, कानूनी र प्रक्रियागत समस्याहरु जग्गा प्रशासन निर्देशिका र कार्यबिधिमा समयानुकूल परिमार्जित नहँदा धेरै समस्या छ । डिजिटल प्रविधिबाट सेवा सुरु भइसकेकाले ईन्टानेटको समस्याका कारण पनि सेवा प्रवाहमा समस्या भएको छ । पहाडी जिल्ला भएकाले ईन्टानेटको समस्या छ, उनले भने, कागजी प्रक्रिया पूरा भएपनि सिस्टम नखुल्दा काम रोकिने गरेको छ ।

सम्बन्धित समाचार