चिचिलाले बाँड्यो ८५६ जनालाई वडाबाटै सामाजिक सुरक्षा भत्ता



खाँदबारी । चिचिला गाउँपालिकाको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालयबाट वितरण गरिसकेको छ । विगतमा जस्तै यस पटक पनि ८५६ जना लाभग्राहिलाई वडाबाटै भत्ता वितरण गरिएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत नै वितरण गर्नु पर्ने निति ल्याएपछि प्राय सवै स्थानीय तहहरुले बैंकबाट नै भत्ता वितरण गर्नेे गरेको छ । तर चिचिला गाउँपालिकाले भने प्रभु बैंक चिचिला शाखासँग समन्वय गरि प्रत्येक वडाबाट नै भत्ता वितरण गर्दै आएको हो ।

प्रत्येक वडाबाट भत्ता वितरण गरिएसँगै गाउँपालिकाको केन्द्रमा रहेको बैँंकसम्म धाउनु पर्ने बाध्यता हटेको छ । तर वडामा वितरण गरिएको दिन लाभग्राहि वा लाभग्राहिको संरक्षक भत्ता लिन नआएमा पालिकाको बैंकमा नै पुगेर लिनु पर्ने ब्यवस्था गरिएको छ ।

यस पटकको भत्ता वितरण वडा नम्बर ५ बाट सुरु गरिएको थियो । भत्ता वितरणको पहिलो दिन सोमबार वडा नम्बर ५ मा लाभग्राहिलाई भत्ता वितरण गरिएको थियो । त्यस्तै, वडा नम्बर ४ मा मंगलबार, वडा नम्बर ३ मा बुधबार र वडा नम्बर २ मा बिहिबार भत्ता वितरण गरिएको ईएम्आईएस अपरेटर शेरचेमा शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार