चिचिलाले एक वडा एक उत्पादन कार्यक्रम लागु गर्दै



खाँदबारी । चिचिला गाउँपालिकाले यस बर्षबाट एक वडा एक उत्पादनको कार्यक्रम लागु गर्ने भएको छ । प्रधानमन्त्री राेजगार कार्यक्रम र चिचिला गाउँपालिकाकाे साझेदारी मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कृषकहरुको माग तथा गाउँपालिकाको अध्ययनको आधारमा बाली छनौट गरि कृषीमा लगानी गर्ने गाउँपालिकाले निर्णय गरेको हो । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले उक्त कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि समेत पारित गरेको गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो ।

यस कार्यक्रम मार्फत नगदेबालीलाई प्राथमिकता दिईने प्रवक्ता तामाङले बताउनुभयाे । जस अन्तरगत सुन्तला, कागती, किवि, चिया, अलैँची लगायतका नगदेबालीहरुकाे खेति गरिने उहाँले बताउनुभयाे ।

एक वडा एक उत्पादन कार्यक्रममा ब्यक्ति, समुह, कृषी फर्म, कृषी सहकारी लगायतले आवेदन दिन पाउने ब्यवस्था गरिएको प्रबक्ता तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि बिरुवा खरिदमा कृषकसँग ५० प्रतिशत लागत साझेदारी रहने कार्यविधिमा ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिरुवा रोपणको लागि आवश्यक पर्वाधार तयारीमा बेरोजगारी सुचिमा सुचिकृत भएकाहरुलाई रोजगारी दिईने उहाँले जानकारी दिनुभयो ।

यस कार्यक्रमबाट उत्पादन भएका बस्तुहरुको गाउँपालिकाले बजार ब्यवस्थापन गरिदिने प्रबक्ता तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार