सहिद स्मारकु ए डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै



काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् ।

रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् ।

दुवै टोलीलाई रेलिगेशन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट जित आवश्यक छ । फ्रेन्ड्सको ३ अङ्क र ब्रिगेडको ६ अङ्क छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।

आर्मी १७ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । जावलाखेल ८ अङ्कसहित ११औँ स्थानमा छ ।

सम्बन्धित समाचार