ओमानसँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै



काठमाण्डौ । चार देशीय टी २० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएको हो ।

आजको खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।

अहिले नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ ।

सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो । नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । यो खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

सम्बन्धित समाचार