ए डिभिजन लिगमा फ्रेन्ड्सले ब्रिगेडलाई ५–२ ले हरायो



काठमाण्डौ । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हराएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्का लागि सुशील साह र जोमुल एन्थोनी फ्रान्कोइसले दुई–दुई गोल गर्दा श्यामबाबु क्याप्छाकीले एक गोल गरे । फ्रेन्ड्सका लागि डेडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे ।

त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दै छन् ।

सम्बन्धित समाचार