काठमाडौं । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। नेप्से यो सातामा ३ दिनमात्र कारोबार भएको छ।
३ दिनको कारोबारमा नेप्से परिसूचक ११४ दशमलव ०४ अंकले गिरावट आएको छ। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर गिरावट आएको छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा रोकिएको थियो।
यो साताको बुधबारसम्मको कारोबारमा ११४ दशमलव ०४ अंकभन्दा बढीले गिरावट आएर २ हजार ५ सय ४७ दशमलव ०४ विन्दुमा खुम्चिएको छ। प्रतिशतका हिसाबले हेर्दा पछिल्लो ३ दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंकले घटेको थियो। आइतबार सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७३ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४६ अंकले घटेका थिए।
उक्त दिन कारोबारमा आएका २ सय २४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १ दशमलव ६२ प्रतिशतले घटेर २ हजार ६ सय १० दशमलव ६० विन्दुमा झरेको थियो।
सोमबार कारोबारमा आएका २ सय २७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो। मंगलबार महाशिवरात्रि परेकाले नेप्से कारोबार बन्द भएको थियो।
बुधबार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५ सय ४६ दशमलव ६० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११ दशमलव ५२ अंक, फ्लोट इण्डेक्स ४ दशमलव ३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ६१ अंकले गिरावट आएको छ।
बुधबार कारोबारमा आएका २ सय २८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रूपैयाँमा खरिदबिक्री भएको छ। आज शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ।
बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोडभन्दा बढी पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रूपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रूपैयाँमा सीमित भएको छ।
प्रतिक्रिया