किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु भएको बताएका छन्।
अमेरिकी कंग्रेसमा भावुक भएर सम्बोधन गर्दै जेलेन्स्कीले सयौं बालबालिकामाथि रूसी कारबाही देखेर आफू निराश भएको बताए।
जेलेन्स्कीले बुधबार भने कि रूसले तेस्रो विश्वयुद्ध सुरु गरेको हुन सक्छ। एनबीसी न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, के तेस्रो विश्वयुद्ध शुरु भयो, कसैलाई थाहा छैन। यदि युक्रेन यो युद्धमा पराजित भने यो युद्धमा के हुन्छरु यो भन्न धेरै गाह्रो छ।
उनले ८० वर्षअघि पनि यस्तै अवस्था भएको उल्लेख गर्दै भने‚ दोस्रो विश्वयुद्ध सुरु हुँदा पनि कसैले यसबारेमा भविष्यवाणी गर्न सकेको थिएन।
युक्रेनमा रूसी आक्रमणपछि पटकपटक ‘विश्वयुद्ध ३’ जस्ता शब्द सुनिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो यो युद्धमा सामेल भयो भने यो तेस्रो विश्वयुद्ध हुने बताइरहेका छन्। रूसी विदेशमन्त्रीले सर्गेई लाभरोभले पनि तेस्रो विश्वयुद्ध भए आणविक हतियारले लड्ने पनि बताएका थिए।
प्रतिक्रिया