पहाडी क्षेत्रमा हावाहुरीसहित बेलुकीपख हल्का वर्षाको सम्भावना



काठमाण्डौ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।

प्रि-मनसुनसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँकाअनुसार वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी जिल्लाका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ भने तराईका जिल्लाको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार