सोलुखुम्बुः महाकुलुङमा सुर्य कुलुङ र विपना कुलुङ कांग्रेसको उम्मेदवार



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेसले सुर्य बहादुर कुलुङलाई अध्यक्ष र विपना कुलुङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सुर्य पुर्व जिल्ला सहसचिब समेत भइसकेका नेता हुन् । लामो समयदेखि कांग्रेसमा योगदान गरेका उनलाई यो पटक पालिका अध्यक्षको टिकट दिएको हो । कुलुङले यस अघिकाे स्थानीय तहकाे चुनावमा पनि उमेद्वारी दावी गरेका थिए ।

उपाध्यक्षका उम्मेदवार विपना कुलुङ यस अघि पनि महाकुलुङ गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । महाकुलुङमा नेकपा एमालेले भक्त राई र शुभधनी राई, नेकपा माओवादी केन्द्रबाट सागर किराँतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

सम्बन्धित समाचार