काठमाण्डौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषण पत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौको बबरमहलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीको भाडा निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका महत्वाकाङ्क्षी योजना उल्लेख गरिएको छ ।
सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नुपर्ने कुरालाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको छ । घोषणापत्रमा आर्थिक समानता र स्वतन्त्रता हुनुपर्ने पनि भनिएको छ ।
जनकपुरलाई अन्तराष्ट्रियस्तरको प्रदेश राजधानी बनाउने तथा विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूका लागि अन्तराष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउने कुरा पनि घोषण पत्रमा समावेश गरिएको छ ।
प्रतिक्रिया